२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतसँगको सीमा नाका खुलेसँगै बढ्यो प्रदेश २ मा कोरोनाको जोखिम


0
Shares

काठमाडौं, असोज ७ । नेपाल-भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढेको छ ।

कोरोनाको संक्रमण घटेसँगै सिमा नाकामा जोखिम बढ्न सक्ने बताइएको छ । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताउनुभयो ।

बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा पनि कमी आएको र बजारमा पनि भीडभाड बढेको उहाँको भनाई छ । सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढने भन्दै उहाँले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै सीमा खोल्दा जोखिम कम हुनसक्ने बताउनुभयो ।

कोरोनाको जोखिमबाट बच्नका लागि चाड पर्व मनाउँदा सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभयो ।