२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज राति नेपाल र ओमानबीच खेल हुँदै


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिम कतारबाटै साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।