१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ईपीएलमा चितवनको विजयी सुरुवात


0
Shares

काठमाडौं, असोज १० । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे । भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथ २३ रनमा आउट भए । करिम जनत १९ रन बनाएर पेभेलिएन फर्किदा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामीले ९ रन बनाउँदा सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।विराटनगरका सिकन्दर राजा र करण केसीले २÷२ विकेट लिए ।

प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए ।

चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २÷२ विकेट लिए । शाहब आलमले १ विकेट लिए । योसँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।