४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा ६१ अंकको गिरावट


0
Shares

काठमाडौं, असोज १० । आइतबार शेयर बजारमा ६१ अंकको गिरावट आएको छ ।

कारोबार रकम पनि ६ अर्बमा सिमित हुँदा परिसुचक २७ सय ५८ बिन्दुमा आई थामियो । आज कारोबार भएका मध्ये जीवन बिमा समुह ३ सय ७१ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह पनि ३ सय ५६ अंकले ओरालो लाग्यो ।

यस्तै विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुह पनि दोहोरो अंकले ओरालो लाग्दा सामुहिक लगानी कोष मात्र हरियो रह्यो ।

यसदिन मनकामना लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि कमाउँदा आईएफसी फाईनान्स कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

यसदिन ८ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ७६ कम्पनीको शेयर मुल्य घट्योे । आज १ सय ८६ कम्पनीको १ करोड ४४ लाख कित्ता शेयर ६ अर्ब ५० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।