
झापा, असोज ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी – १० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीले चेकिङका क्रममा को २ च २६३२ नम्बरको वोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको टिपरले बोलेरोलाई ठक्कर दिँदा दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टिपरको ठक्करबाट बोलेरो अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा खसेको थियो । नहरमा खसेको बोलेरोलाई बाहिर निकाल्दा बोलेरो चालक खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए ।
टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्ग प्रहरीले खोलेको छ । यता वोलेरोमा रहेका दुई जना मानिस बेपत्ता रहेको भन्दै खोजी शुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्