१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रासायनिक मल भण्डारण र वितरणमा समस्या : कृषि मन्त्रालय


0
Shares

काठमाडौं, असोज ११ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलेका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताउनुभएको छ ।

मलखाद व्यवसायी संघ नेपालको पाँचौं साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताउनुभएको हो । उहाँले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाएर अघि बढ्ने बताउनुभयो ।

कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै मल दिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औंल्याउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गर्नुभयो ।