
काठमाडौं, असोज ११ । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरिएको छ ।
कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदातालाई नियम विपरित छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनले १ अर्ब ३३ लाख बराबरको छुट नियम विपरित दिएको आरोप अख्तियारले लगाएको थियो ।
न्यायाशीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्