
एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
अत्यधिक भारका कारण जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए ।
घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।
खोजीका लागि ५० भन्दा बढी जहाज र २ सय १४ जना उद्धारकर्ता परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्