१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय पुस्तकालयलाई काठमाडौं भ्यू टावरमा सार्न माग


0
Shares

काठमाडौं, असाृज १२ । राष्ट्रिय पुस्तकालयलाई पुरानो काठमाडौं भ्यू टावरमा स्थानान्तरण गर्न अभियन्ताहरुले माग गरेका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाउन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।

अभियन्ता आलोकसिद्धि तुलाधरले राष्ट्रपति भण्डारीले यो विषय र खुल्ला टुडिखेलका लागि सरकारसँग कुरा गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो ।

विवादित काठमाडौंभ्यू टावरको निर्माणाधिन भवन बनाउने कार्य तत्काल रोकेर बनिसकेको ठाँउमा राष्ट्रिय पुस्तकालयलाई स्थानान्तरण गर्न उनीहरुले माग गरेका हुन् ।

२०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त भएको राष्ट्रिय पुस्तकालयको पुनःनिमार्ण हाल सम्म पनि नभएकाले भ्यू टावरमा पुस्तकालय सार्न उपयुक्त हुने उनीहरुले भनाइ छ ।

तीन सय वर्ष भन्दा पुराना हस्तलिखित ग्रन्थहरु संरक्षणको अभावमा ढुसी र किरा लागेर नष्ट भइरहेको उनीहरुले बताएका छन् ।