८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नागरिकता वितरण प्रावधान त्रुटीपूर्ण : अध्यक्ष शर्मा


0
Shares

काठमाडौं, पुस १३ । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय महिला आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा नागरिकता सम्बन्धी प्रावधानहरु जस्तोसुकै भए पनि आमाको नामबाट नागरिकता लिन सक्ने अवस्था अझै पनि नरहेको बताए ।

अध्यक्ष शर्माले नागरिकता सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई स्पष्ट रुपमा सुचित गर्नु पर्ने सुझाव दिए । राज्यले नै महिला र पुरुषलाई भेदभावको दृष्टिले हेर्ने गरेको उनको टिप्पणी थियो ।

कार्यक्रममा राज्यविहिनताको विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरु नामक संगालोको नेपाली अनुवाद संग्रह विमोचन गरिएको थियो ।

संग्रहमा संयुक्त राष्ट्रसंघको साधारणसभामा अनुमोदन गरिएको मानवअधिकार आयोग सम्बन्धी विश्वव्यापी घोषणा र आधारभूत अधिकारसम्बन्धी विषय समेटिएका छन् ।