
काठमाडौं, पुस १३ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको लोकसेवा विधेयक २०७६ पास गरेको छ ।
समितिको आज (आइतबार) बसेको बैठकले लोकसेवा सम्बन्धि विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा सरकारले आयोगसंग सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति गरे पनि प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका थिए ।
तर, आजको बैठकमा यो व्यवस्थाबारे संबैधानिक आयोगका कर्मचारीको सरुवा सम्बन्धि व्यवस्था संघीय निजामती विधेयकमा राख्ने गरी विधेयकबाट हटाईको छ ।
यस्तै, अयोगको स्वायत्तताको विषयमा पनि विविध शीर्षक अन्र्तगत आउने बजेटमा एक पटक कार्यविधि बनाएर अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्