१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डिशहोमले ल्यायो ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना


0
Shares

काठमाडौं, असोज १३ । डिशहोमले खुशीयाली र उत्साह थप्ने दाबीका साथ “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” नामको योजना संचालनमा ल्याएको छ ।

यस योजना अन्र्तगत डिशहोमको नयाँ कनेक्सन लिने ४ जना ग्राहकले स्पेन घुम्न जाने अवसर पाउने कम्पनीले जनाएको छ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । विगत ११ वर्ष देखि सेवा प्रवाह गर्दै आएको डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको कम्पनीको दाबी छ ।

डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको जनाएको छ ।