
काठमाडौं, असोज १३ । कोकाकोलाले दशैं लक्षित नयाँ अभियान धन्यवाद सार्वजनिक गरेको छ ।
कम्पनीले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर कोरोना महामारीमा पनि आशा र समर्थन प्रदान गर्ने सहयात्रीलाई धन्यावाद भन्दै दसैं तिहारमा पनि धन्यावाद शब्दलाई केन्द्रित गरेको जनाएको हो ।
कम्पनीले विभिन्न नयाँ ८ लेबलहरु धन्यावादको लोगोसहितको बोटलहरु समेत सार्वजनिक गरेको हो । कोभिड महामारीमा फ्रन्टलाइनमा रही योगदान पु¥याएबापत विभिन्न क्षेत्रमा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सेवाकर्मी लगायतलाई धन्यावाद भन्दै कम्पनीले सम्मान पनि गरेको थियो ।
कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले कोकाकोलाको यस अभियानले कोरोना महामारीमा काम गर्नेलाई प्रोत्साहन स्वरुप धन्यावाद योजना सञ्चालन गरिएको बताउनुभयो ।
कम्पनीले आजै सद्भावनादूत स्वस्तिमा खड्कालाई चयन गरेको छ । यस्तै कम्पनीले टिभिसी पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्