१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा वृद्धि, नेप्सेमा ५० अंकको उछाल, कारोबार ५ अर्बमै सिमित


0
Shares

काठमाडौं, असोज १३ । शेयर बजारको लगातारको गिरावटमा ब्रेक लागेको छ ।

बुधबार बजारमा एकाएक उछाल आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ५० अंकले उकालो लागेर २६ सय ६५ पुग्यो ।

कारोबार भने ५ अर्बर्म खुम्चियो । सबै समूहमा हरियाली छायो । बिमा समूहमा अढाई सय अंक बराबरको वृद्धि आयो । विकास बैंक, जलविद्युत, वित्त र उत्पादमूलक समूह सबैमा सय अंक माथिको वृद्धि आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ९८ लाख कित्ता शेयर ५ अर्ब ३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७३ कम्पनीको शेयरमूल्य बढ्दा जम्मा ११ कम्पनीको मूल्य घटेको र २ को स्थीर रहेको एक्सचेन्जले जनाएको छ ।