२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुदूरपश्चिममा परीक्षणकालीन चालक अनुमतिपत्र वितरण सुरु


0
Shares

काठमाडौं, असोज १३ । सुदूरपश्चिम प्रदेशमा पनि परीक्षणकालीन चालक अनुमतिपत्र वितरण शुरु गरिएको छ ।

डिजिटल सवारी चालक अनुमतिपत्र पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परीक्षणकालिन अनुमतिपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।

परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधिमा ५ गल्ती गरे लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले जानकारी दिनुभयो । उहाँले चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको बताउनुभयो ।

परीक्षणकालीन लाइसेन्स पाएपछि सेवाग्राहीले खुशी प्रकट गर्दै सवारीसाधन चलाउँदा केही सहज हुने प्रतिक्रिया दिएका छन् ।