३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


स्पेनमा ज्वालामुखी, लाभा आन्ध्र महासागरमा पुग्यो, विस्फोट र विषालु ग्यासको खतरा


0
Shares

एजेन्सी । स्पेनको ला पाल्मा टापुमा विस्फोट भएको ज्वालामुखीबाट निस्कोको लाभा आन्ध्र महासागरमा पुगेको छ ।

जसका कारण विषालु ग्याँसहरु निस्कने र तटीय क्षेत्रमा विस्फोट हुने खतरा पैदा गरेको बताइएको छ । ज्वालामुखीको लाभा समुन्द्रमा पुग्दा प्लाया नुएवा क्षेत्रमा सेतो बादलहरु देखिएको छ ।

लाभा पानीमा मिसिँदा यसले रासायनिक प्रतिक्रिया उत्पन्न गर्दछ । जसका कारण छाला र आँखामा जलन उत्पन्न गराएर सास फेर्न गाह्रो बनाउँछ ।

यसको निकट रहेका मानिसहरुको मृत्यु पनि हुन सक्छ । सेप्टेम्बर १ मा कम्ब्रे भिजा ज्वालामुखी विस्फोट भएपछि सयौं घर र विद्यालय ध्वस्त भएका छन् । करिब ६ हजार मानिसलाई त्यस ठाउँबाट सुरक्षित स्थानमा सारिएको छ ।