
काभ्रे, असोज १३ । भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भएका काभ्रेका ६ वटा विद्यालय भवनको संयुक्त उद्घाटन गरिएको छ ।
पुनर्निर्माण सम्पन्न भएका बनेपाको आजाद माध्यामिक विद्यालय, पाँचखालमा रहेको भगवती माध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौतीको शारदा माध्यामिक विद्यायको उद्घाटन गरिएको हो ।
भारत सरकारले काभ्रेका १० वटा विद्यालय पुनर्निर्माणको जिम्मा लिएको थियो । जसमध्ये ६ वटा निर्माण सम्पन्न भएका छन् भने २ वटा विद्यायल पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा विद्यालय भवन पुनर्निर्माण भर्खरै सुरु भएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । यस्तै भारतीय बिदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले दुई मुलुकबीचको सम्बन्ध पुरानो र अटुट रहेकाले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्