२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह


0
Shares

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई मत नदिने तर्कसमेत गर्नुभयो ।

नेता सिंहले जिल्ला जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दवाव दिईरहेको दावी गर्नुभयो ।

गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले आफूलाई गाली गर्ने गरेको उहाँको भनाइ छ ।

सिंहले महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।