१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बीमा कम्पनीले अझै ११ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गरेनन्


0
Shares

काठमाडौं, असोज १३ । बीमा कम्पनीहरुले अझै पनि ११ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गरेका छैनन् ।

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकीनैे रहेको हो ।

यसमा अर्थमन्त्री जनार्दन शर्माले चासो दिंदै भुक्तानीका लागि प्रक्रिया अगाडि बडाउन बीमा समितिलाई निर्देशन दिनुभएको छ ।

अर्थमन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बुधबार मन्त्रालयमा बोलाएर कोरोना बीमा भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल भर्नुभएको हो ।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई अर्थमन्त्री शर्माले निर्देशन दिनु भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।