
तस्बिर फाइल
काठमाडौं, असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको सचिवालयले जनाएको छ ।
स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको सचिवालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्