१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तलेजु भवानीको पूजाको साइत सच्याउन पञ्चाङ्गलाई आग्रह


0
Shares

काठमाडौं, असोज १४ । तलेजु भवानी मन्दिरका मूल पूजारीले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले तलेजु भवानीको पूजाका लागि निकालेको साइत नमिलेको भन्दै सच्याउन आग्रह गर्नु भएको छ ।

मूल पूजारी उद्धवमान कर्माचार्यले पञ्चाङ्ग समितिको साइत अव्यवहारिक रहेकाले सच्याउनु पर्ने बताउनुभयो ।

दशैंमा परम्परागत रुपमा गरिदै आएको तलेजु भवानीको पूजाका लागि पञ्चाङ्ग निर्णायक समितिले २०६५ सालदेखि नै गलत साइत दिँदै आएको मूल पूजारी कर्माचार्यको भनाइ रहेको छ ।