
काभ्रे, असोज १४ । पहिरोले विद्यालयको भवन बगाएपछि काभ्रेकोे महाभारत गाउँपालिका–४ को बुढानिलकण्ठ प्राथमिक विद्यालयमा पठनपाठन ठप्प भएको छ ।
गत असोज ८ गते विद्यालय नजिकै गएको सुख्खा पहिरोले ६ कोठे भवन र २ वटा शौचालय बगाएको हो ।
विद्यालयको भवन बगाएपछि एक हप्तादेखी विद्यालयको पठनपाठन ठप्प छ । पठनपाठन सञ्चालनको लागि सरोकारवाला पक्षले चासो नदिएको प्रधानाध्यापक टेक बहादुर तुम्सिङले जानकारी दिनुभयो ।
सो विद्यालयमा ५२ जना विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्