
काठमाडौं, असोज १४ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ ।
जीबीओ अवार्ड अन्तर्गत् एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकमकम्पनी’अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफदिइयर’ अवार्ड जितेका हुन् ।
यी पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको कम्पनीले जनाएको छ । लन्डनस्थित प्रकाशनगृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्