१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


गीतकार कोइरालाको ‘आमा’ बजारमा


26
Shares

काठमाडौं, असोज १५ । गीतकार दीपक कोइरालाले आफ्नो नयाँ गीत ‘आमा’ बजारमा ल्याउनु भएको छ ।

आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाउनुभएको हो ।

गीतकार कोइरालाको आमा गीत यही असोज १४ गते बिहीबार सार्वजनीकरण गरियो ।

दीपक कोइरालाको शब्द रहेको आमा गीतमा श्वर रामकृष्ण ढकालले दिनुभएको छ भने सङ्गीत सन्तोष श्रेष्ठले भर्नुभएको हो ।

एरेन्जर प्रेमराना औतारीले गर्दा रेकर्डिङ ,मिक्सिङ,मास्टरिङको काम भने भोला पौडेलले गर्नुभएको छ ।

गीतकार कोइरालाका यसअघि पनि अरु थुप्रैं गीत बजारमा आइसकेका छन् ।