
अर्घाखाँची, असोज १५ । अर्घाखाँचीमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दशैं तिहारमा यात्रु सहायता कक्ष शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ ।
चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले यात्रु सहायता कक्षको उद्घाटन गर्दे सहायता कक्षबाट सबै जिल्ला भित्रने र बाहिरीने सबै यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाको शान्ति बगैंचा, ठाडा र चुत्राबेसीको भक्तीटोल गरि तीन ठाउँमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।
चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने भएकाले त्यसको न्यूनीकरणको लागि यात्रु सहायता कक्षको भुमिका रहने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्