२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


बेनी-भकुण्डे सडक ट्रयाक खुलेको १३ वर्षमा पनि आएन सुधार


0
Shares

म्याग्दी, असोज १५ । म्याग्दीस्थित बेनी-भकुण्डे सडकको अवस्था नाजुक भएको छ ।

ट्रयाक खुलेको १३ वर्ष बितिसक्दा पनि बेनी-भकुण्डे मोटरबाटोको अवस्थामा सुधार हुन सकेको छैन ।

म्याग्दीको सदरमुकाम बेनीदेखि भकुण्डेजोड्ने मुख्य सडक हिलाम्मे हुँदासमेत स्तरोन्नतिमा कसैले चासो दिएको छैन ।

सडक हिलाम्य हुँदा यातायातका साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । २०६५ सालमा ट्रयाक खुलेको साढे ७ किलोमिटर सडक मर्मतका लागि अहिलेसम्म झण्डै १ करोड रुपैयाँ खर्च भइसकेको छ ।

सडकको ट्रयाक खुलेदेखि अहिलेसम्म ट्याक्टर, साना जीप र मोटरसाइकलबाहेक ठूला सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । साना सवारी साधनहरु पनि वर्षको ४ महिना मात्र मुस्किलले सञ्चालन हुन गरेका छन् ।