
काठमाडौं, असोज १५ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ वेवसाइट सञ्चालनमा ल्याएको छ ।
शुक्रबार काठमाडौंस्थित टानको कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच अध्यक्ष खुमबहादुर सुवेदीले taan.org.np डोमेनको वेवसाइटको उद्घाटन गर्नुभएको हो ।
अध्यक्ष सुवेदीले बढीभन्दा बढी सूचना तथा जानकारीहरु दिन सकियोस् र टानमा आवद्ध सदस्य एजेन्सीहरुले छिटो छरितो रुपमा आफ्नो घर तथा अफिसबाटै डकुमेन्टेशन गर्न नयाँ वेवसाइट सञ्चालनमा ल्याइएको बताउनुभयो ।
उहाँले यस वेवसाइटमार्फत् सदस्य एजेन्सीहरुले प्याकेज बेच्न, अनलाइनमार्फत् नै भुक्तानी गर्न सकिने पनि बताउनुभयो । अध्यक्ष सुवेदीले टानको वेवसाइटमार्फत् विदेशीहरुलाई नेपालको पर्यटनको सन्दर्भमा विविध जानकारी दिन सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
आवश्यक पर्ने सबै सूचना तथा जानकारीहरु अटाउने आफूहरुको प्रयास रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्