१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


थप १०६६ संक्रमित, १३ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा देशभर १०६६ जना कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार ३६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ८९८ जनामा र १३८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो ।

त्यस्तै, गत २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।