
सोलुखुम्बु, असोज १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुका चार पालिकामा सहमतिबाट नेतृत्व चयन भएको छ ।
सोलुखुम्बुका खुम्बु पासाङल्हामू गाउँपालिका, दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको हो ।
सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको छ ।
सोलुखुम्बुको पालिका अधिबेशनमा संस्थापन पक्ष देउवा समुहको बर्चस्व देखिएको छ । एक नगरपालिका सहित आठ वटा स्थानीय तह रहेको हिमाली जिल्ला सोलुखुम्बुमा पाँच जना पालिका सभापति देउवा समूहको चयन भएको बताइएको छ ।
दुई जना पौडेल समूह र एक जना तटस्थ रहेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्