
काठमाडौं, असोज १५ । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ ।
‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने कार्य गरेको भन्दै जसपाले यसलाई आपत्तिजनक र दूराशयपूर्ण भनेको छ ।
अख्तियारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा १३ असोजमा मुख्यमन्त्री कार्यालयमा छापामारी आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।
जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा ं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको सो कार्य गलत भएको जनाइको छ । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने जसपाको भनाई छ ।
अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपाले विरोध गर्दै आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्