८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘एमसीसी’ कस्ले के बोल्यो भन्ने होइन, सम्झौतामा जे छ त्यही जान्ने होः परराष्ट्र मन्त्री ज्ञवाली


0
Shares

काठमाडौँ, पुस १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत् लिन लागिएको अमेरिकी सहयोगबारे कस्ले के बोल्यो भनेर पछि नलाग्न आग्रह गरेका छन् ।

(एमसीसी)बारे परराष्ट्र मन्त्रालयको भनाइ नै आधिकारिक भएको स्पष्ट पार्दै उनले भने, कस्ले के बोल्यो भनेर पछि लाग्ने होइन, सम्झौतामा जे छ त्यसैलाई मान्ने हो ।

सोमबार परराष्ट्र मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले एमसीसी इन्डोप्यासेफिकको अंग नभएको दावी दोहोर्याउँदै यो नेपालमा ल्याउँदा देशलाई कुनै हानी नहुने बताए ।

एमसीसीबारे बहस र छलफल हुनु स्वाभाविक भएपनि यथार्थ बुझेर गर्न पार्टीभित्र र बाहिरका सबैसँग उनको आग्रह थियो । उनले एमसीसी संसदमा जाने र पारित गरिनेमा ढुक्क हुन आग्रह गरे ।

नेकपाभित्र कै केही नेताले मिलेनियम च्यालेञ्ज करर्पाेरेशन इण्डो प्यासिफिक रणनीति अन्तर्गत रहेको जिकिर गर्दै यस्तो सहयोग लिइए मुलुकको सार्वभौमसत्ता र असंलग्न नीतिमै असर पर्ने भन्दै पुनर्विचार गर्नुपर्ने बताउँदै आएका बेला मन्त्री ज्ञवालीले विषय प्रष्ट्याएका हुन् ।