
बुटवल, पुस १४ । सामुदायिक वनमा सरकारले लगाएको तीन तहको कर विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश ५ को संयुक्त आयोजनामा बुटवलमा भएको विरोध प्रदर्शनमा सामुदायिक वनका हजारौं उपभोक्ताको सहभागिता रहेको थियो ।
र्यालीले बुटवल बजार परिक्रमा गरेको थियो । उनीहरुले सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तहमा लगाइएको तेहेरो कर खारेज गर्नु पर्ने, वैज्ञानिक वन व्यवस्थापनका नाममा भैरहेको उपभोक्ता हित विपरितका काम बन्द हुनुपर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्