
काठमाडौं, असोज १७ । नेपाल आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।
ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराउनु भएको हो ।
लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडनु भएको थियो । त्यसपछि उहाँ मधेशवादी विभिन्न दलहरुमा आवद्ध हुनु भएको थियो ।
कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्