
काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
प्रर्दशनिमार्गस्थित सभागुहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो ।
शनिबार उद्घाटन गरिएको अधिवेनशमा नेतृत्व चयनका लागि शनिबार ४ बजे नै मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदाता नामावली विवादका कारण मतदान हुन सकेको थिएन ।
नगर समितिको नेतृत्वको लागि संस्थापन र इतर पक्षले प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । नगरसमितिको सभापतिको प्रगतिमान रञ्जित र निलकाजी शाक्य प्रतिष्पर्धामा छन् ।
रञ्जितलाई पार्टीसभापति शेरवहादुर देउवा, पूर्वमहान्त्री कृष्णप्रसाद सिटौला र भिमसेनदास प्रधानको समर्थन छ भने शाक्यलाई संस्थापन इतर समूहका नेता पूर्वमहान्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन रहेको छ ।
उपसभापति पदका लागि सन्तकुमार महर्जन, सुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ । अन्य पदमा पनि प्यानलगत प्रतिसपर्धा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्