५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह


0
Shares

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ ।

पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । उहाँले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल गर्न नेताहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

अध्यक्ष ओलीले एमालेको सरकार ढाल्न सारा शक्ति लागेको आरोप लगाउँदै सरकार ढाल्न जो जो लागे ती सबै शत्रु भएको बताउनु भयो । एमालेको सरकारउहाँले कुस्ती खेलाडीलाई विपक्षीले अलिअलि प्रहार गरेन भने जीतको रणनीति बनाउन गा¥हो हुने भन्दै अब एमालेले सशक्त रणनीति बनाउने पनि अठोट व्यक्त गर्नुभयो । जितेर सरकारमा गएकाले फेरि पनि जितेरै सरकारमा जाने उहाँको दृढता छ ।

यसैबीच, एमालेमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै नेताले जिते पनि हारे पनि दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । उहाँले एउटै कार्यकारी पदमा एकै व्यक्ति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

यस्तै उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउने छन् । तर कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । यसबाट वर्तमान अध्यक्ष ओली यदि मंसिरमा फेरि अध्यक्ष बनेका खण्डमा उहाँले पूर्ण कार्यकाल काम गर्न पाउनु हुनेछ । उहाँ फागुनमा ७० वर्ष पुग्दै हुनुहुन्छ ।

शुक्रबारदेखि तीन दिनसम्म चलेको एमालेको पहिलो विधान महाधिवेशनमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव पौडेलले पेश गरेका प्रतिवेदनमा १० वटा समूह बनाएर छलफल गरी निकालिएको निष्कर्षको तीन जना नेताहरुले जवाफ दिएसँगै महाधिवेशन सकिँदै छ ।