
तस्बिर फाइल
बारा, असोज १७ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीति-निर्माणका क्रममा सरकारले निजी क्षेत्रलाई सामेल नगराएकाले उद्योगी व्यवसायीले समस्या भोग्नु परेको जिकिर गर्नु भएको छ ।
बाराको जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको दोश्रो साधारण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको गुनासो पोख्नुभयो ।
पछिल्लो समय प्लाष्टिक सिटको आयातमा गरिएको व्यवस्थाले नेपाली व्यवसायीको सयौं कन्टेनर बोर्डरमा अलपत्र परेको ढकालको भनाई थियो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले औद्योगिक करिडोरको मान्यता नदिंदा स्थानियबासी र उद्योगीबीच सँधै विवाद हुने गरेको सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्