२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


कलाकारहरुको नगर बन्दै ललितपुर महानगर


0
Shares

काठमाडौं, असोज १७ । ललितपुर महानगरपालिकाले कला क्षेत्रमा समर्पित कलाकारहरुको विकासका लागि सम्बोधन गर्ने भएको छ ।

नजिकिँदै गरेको पर्वहरु मोहनी, दशैं, नेपाल सम्वत ११४२ नव बर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान एवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले “कला क्षेत्रको विकासका लागि गर्न सकिने कामका बारे योजना लिएर आउनुस् म सहयोग गर्नेछु” बताउनुभयो ।

ललितपुर महानगरपालिका वडा १६ ले कलाकार समिति स्थापना गरी कला क्षेत्रमा समर्पितका लागि कार्य सम्पादन अघि बढाएको प्रति खुशी व्यक्त हुँदै वडास्तरबाट थालनी भएको यो प्रयासले आफू निकै हौसिएको भन्नुहुँदै अपाङता भएका कलाकारहरुका लागि पनि सहयोग गर्ने सोच रहेको मेयर महर्जनले जानकारी दिनुभयो ।

संघको ललितपुर शाखालाई ट्रयाकसुट सहयोग गर्नुभएका कार्यक्रमका जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जनले आफुपनि कलाकारिता क्षेत्रमै समर्पित रहेको उल्लेख गर्दै कलाकारको दुःख बुझेको र उक्त दुःख कम गर्न सहयोग गर्न सदा तत्पर रहने बताउनुभयो । जुजु वेयर्सले भने शाखालाई टिसर्ट सहयोग गरको हो ।

वडा १६ कलाकार समितिका संयोजकको जिम्मेवारी प्रभावकारी रुपमा वहन गर्न सकियोस् भनी शुभकामना ब्यक्त गर्दै डिडान ललितपुर शाखाका सल्लाहकार एवं नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यलाई सम्मान गरिएको थियो । बज्राचार्यले मातृभाषा पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनमा पनि राज्यको खोजी भइरहने उल्लेख गर्दै कला क्षेत्रको अवस्था पनि त्यस्तै रहेको बताउनुभयो । हिजोको कलाकारिताले भरिएको सम्पदामा गौरव गर्ने आजको पुस्ताको सोही क्षेत्रमा योगदान के छ रु भनी प्रश्न गर्नुहुँदै आजको पुस्ताको सृजनाप्रति पनि भविष्यले गौरव गर्ने स्थान बनाउनु स्थानीय तह तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले नृत्य निर्देशक संघ ललितपुर शाखाको सक्रियताले शक्ति संचार गरेको उल्लेख गर्नुहुँदै स्थानीय तहको साथले यो क्षेत्र अझ फस्टाउने विश्वास ब्यक्त गर्नुभयो ।