
बर्दिया, असोज १७ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विकसित राष्ट्रले चन्द्रमामा बस्ती बसाउने योजना गरिरहँदा नेपालका ग्रामिण बस्तीमा पहिचानका लागि लडाई लड्नु दु:खद भएको बताउनुभएको छ ।
बर्दियाको राजापुरमा आयोजित तेश्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सोनाहा जातिलाई सर्वोच अदालतले २०७२ सालमा छुट्टै जाति भनेर अन्तरिम आदेश दिएको छ ।
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतल नै भएकाले सोनाहा जाति सुचिकृत हुने कुरामा विश्वस्त हुन उहाँले सम्पूर्ण सोनाहा जातीलाई आग्रह गर्नुभयो । सोनाहा जातिले सुचिकृतका लागि दिएको ज्ञापन पत्र आफै पुगेर प्रधानमंन्त्रीलाई दिने आश्वासन पनि उहाँले दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्