२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


विजय भाटको हत्या आरोपमा दुईजना पक्राउ


0
Shares

बैतडी, असोज १७ । बैतडीको दशरथचन्द नगरपालिका–५ का विजय भाटको हत्या आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका अशोक नाथ र महेश नाथ रहेको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका विजयको हत्या भएको भन्दै किटानी जाहेरी दर्तापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विजयका बुवा बीरसिंह भाटले सरकारी वकिल कार्यालयमार्फत दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी दर्ता गराउनुभएको थियो ।

घटनामा संलग्न भनिएका लक्ष्मण र राजेन्द्र भन्ने फरार रहेका र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । युवा संघ नेपाल बैतडीका सदस्य समेत रहेका विजय गत भदौ १० गते साथीहरुसँग गोठलापानी बजारबाट घर फर्किने बेला कलुवाडमोड भन्नेभिरबाट लडेर गम्भीर घाइते भएको बताइएको थियो ।

घाइते विजयको भदौ १२ गते धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।