
काठमाडौं, असोज १७ । एनसेलले ६० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क सिम योजना संचालनमा ल्याएको छ ।
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एनसेलले सिम निःशुल्क दिने भएको हो ।
५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउन सक्ने कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा यो योजना आगामी शुक्रबारसम्म संचालन गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्