
काठमाडौं, असोज १८ । पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ ।
सोमबार बिहान मर्निङ वाक गरेर नुहाउनका लागि खत्री बिहान बाथरुम छिरेका थिए । त्यही क्रममा बाथरुममै लडेर खत्रीको टाउकोमा चोट लागेको थियो ।
अचेत अवस्थामा उपचारका लागि उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल पु¥याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका ५० वर्षे खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्