
काठमाडौं, असोज १८ । शेयर बजारमा गिरावट आउने क्रम सोमबार पनि जारी रह्यो ।
पछिल्ला दिन तीब्र दरले ओरालो लाग्दै आएको नेप्से यस दिन त्यस हिसाबले भने केही सम्हालियो ।
तीब्र उतार चढावबीच नेप्से ६ अंकले ऋणात्मक रहेर २५ सय ७० कायम भएर थामियो । कारोबार पनि साढे ३ अर्ब हाराहारीमै सिमित रह्यो ।
पछिल्ला दिन सबै समूह राताम्मे रहँदै आएका यस दिन ४ वटा समूह सकारात्मक रहे ।
लघुवित्त, अन्य, होटल तथा पर्यटन र जलविद्युत समूह हरियो रहे भने अरु रातो रहे । लघुवित्त समूहमा ७२ अंकको बृद्धि आयो । यस दिन विकास बैंक समूहमा सबैभन्दा उच्च ८६ अंकको गिरावट आउँदा जलविद्युत, वित्त, व्यापार, उत्पादनमूलक र निर्जीबन बीमा समूह दोहोरो अंकले झर्दा अरु सामान्य अंकले रातो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ७६ लाख ५३ हजार कित्ता शेयर जम्मा ३ अर्ब ६२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ९ कम्पनीको मूल्य ओरालो लाग्दा ६९ कम्पनीको मूल्य बढ्यो भने ८ कम्पनीको स्थीर रहेको नेप्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्