
कैलाली, असोज १८ । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा असोज २० देखि २३ गतेसम्म प्रदेश स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सोमबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले सुदूरपश्चिमका ९ वटै जिल्लाका टिमको सहभागिता हुने जानकारी दिनुभएको छ ।
प्रतियोगिता अन्तरगत पहिलो हुनेले एक लाख नगद, दोस्रोले ५० हजार रुपैयाँ, तेस्रो र चौथो हुनेले २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्