८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ट्रयाक्टरले किचेर चालकको मृत्यु


0
Shares

दमौली, पुस १५ । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा ट्रयाक्टर चालक मृत फेला परेका छन् ।

म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार मंगलबार बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्रयाक्टरका चालक रहेको जनाइएको छ ।

ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्रयाक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ ।

“ट्रयाक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” प्रवक्ता लामिछानेले भने । रासस