
काठमाडौं, असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अभियान सञ्चालन गरेर विभिन्न स्थानमा पाकेटमार गर्ने २ सय ७ जनालाई पक्राउ गरेको छ ।
गत भदौ २५ देखि असोज १५ गतेसम्म अभियान सञ्चालन गरेर प्रहरीले ती पाकेटमार पक्राउ गरेको हो ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका पाकेटमार सार्वजनिक गरेको हो । सार्वजनिक सवारी साधन र अत्याधिक भीड हुने स्थानमा अभियानमार्फत सादा पोशाकमा प्रहरी खटाएर पाकेटमार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था त्रुटीरहित, भरपर्दो र विश्वसनिय एवम् मजबुद बनाएर जनजीवन सामान्य बनाउन लागिपरेको पनि जनाएको छ ।
काठमाडौंका चक्रपथ बाहिर र भित्री इलाकामा चल्ने सार्वजनिक यातायात, सपिङ मल र मुख्य मार्केटहरुमा गैरकानुनी गतिविधि हुन नदिन सक्रिय भएको प्रहरीले जनाएको छ ।
माइक्रो बसका यात्रु र किनमेल गर्न गएकाहरुको पाकेट तथा झोला, नगद र गहना चोर्ने क्रममा पक्राउ परेकामध्ये ४६ जना कारागार चलन भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रहरीले चाडपर्व लक्षित घरदैलो कार्यक्रम पनि सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्