
काठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा देशभर १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप १ हजार जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा थप १० जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।
हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्