१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले गर्‍यो मुख्यमन्त्रीको कार्यालय घेराउ


0
Shares

जनकपुर, असोज १८ । प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै सिके राउत जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ ।

प्रदेश २ मा अख्तियारको छापाविरुद्ध जनता समाजवादी पार्टी आन्दोलित रहेको समयमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।

मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताहरुले मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । कार्यालय घेराउ गर्नका लागि पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले मूल ढोका बाहिरै रोकेको थियो ।

मुख्यमन्त्री कार्यालय घेराउ गर्न जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड गर्दै तालाबन्दी गरेका थिए । कार्यालय परिसरमा प्रवेश नदिइएपछि उनीहरुले तोडफोड गरेका हुन् ।