२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेज र निफ्राबीच समझदारी


0
Shares

काठमाडौं असोज १८ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले विशेष आर्थिक क्षेत्रको प्रवद्र्धनमा सघाउने भएको छ ।

औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभयो छ ।