
काठमाडौं, असोज १८ । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमईसँग भएको समझदारीले बैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ ।
सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलबीच हस्ताक्षर भएको हो ।
प्रतिक्रिया दिनुहोस्