२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चीनले नेपाललाई सिनोभ्याकको दश लाख डोज खोप दिने, नेपाली सेनाका लागि तीन लाख डोज अलग्गै


0
Shares

काठमाडौं, असोज २० । चीन सरकारले नेपाललाई कोरोना भाइरसविरूद्ध सिनोभ्याक खोपको दश लाख डोज अनुदानमा दिने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप दश लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

यसैगरी चीनले कोभिडविरुद्धको तेस्रो लहर रोक्न आवश्यक पूर्वाधार बनाउन नेपाललाई ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग पनि गर्ने निर्णय गरेको छ ।

नेपाली सेनाका लागि चीनले तीन लाख डोज खोप पनि अनुदानमा उपलब्ध गराउन लागेको राज्यमन्त्री श्रेष्ठको आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै राज्यमन्त्री श्रेष्ठले यही अक्टोबरको २०, २२ र २३ तारिखमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुग्ने जानकारी पनि दिनुभएको छ ।

चीनले नेपाललाई भेरोसेल खोप अनुदानमा दिनुका साथै नेपाल सरकारले पनि चीनसँग सोही खोप खरिद पनि गरेको छ ।